नियम १२०
वीमा गराउनु पर्ने
(१) खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोेमा वाहेक
दशलाख रुपैया“ भन्दा बढी मूल्यको निर्माण कार्य गर्ने निर्माण व्यवसायीले देहायको
कुराको वीमा गराउनु पर्नेछ ः—
(क) निर्माण सामग्री, प्रयोग गरिने मेशिन, औजार वा प्लाण्ट लगायत
निर्माण कार्यकोे पूर्ण प्रतिस्थापन खर्च,
स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि “खर्च” भन्नाले नाफा समेतलाई
जनाउ“छ ।
(ख) पेशागत शुल्क, निर्माण कार्यको कुनै भाग भत्काउन, हटाउन तथा
कुंडा कर्कट वा खेर गएको सामग्री हटाउनको लागि लाग्ने खर्च
लगायत हानी वा नोक्सानी भए वापत हुने खर्च वा सो सम्बन्धी
आनुषा·िक खर्च समेटनका लागि खण्ड (क) बमोजिमको प्रतिस्थापन
खर्चको पन्ध्र प्रतिशत रकम वा खरिद सम्झौतामा उल्लिखित भए
बमोजिमको अतिरिक्त रकम,
(ग) निर्माण व्यवसायीले निर्माण स्थलमा ल्याएको आफ्ना उपकरण र अन्य
वस्तुको निर्माण स्थलमा प्रतिस्थापन गर्न लाग्ने पर्याप्त रकम,
(घ) निर्माण व्यवसायीलाई निर्माणस्थल सुम्पिएको मितिदेखि हस्तान्तरण
प्रमाण पत्र जारी गरिने मितिसम्म निर्माण कार्यको कुनै खण्ड वा
अंशमा उपनियम (२) मा उल्लेख भएको कारण वाहेक अन्य जुनसुकै
कारणबाट हुने सबै हानी नोक्सानी,
(ङ) निर्माण व्यवसायीको देहायका दायित्वहरु ः–
(१) निर्माण व्यवसायीले त्रुटि सच्याउने दायित्वको अवधिमा आफ्नो
दायित्व पालन गर्ने क्रममा भएको हानी नोक्सानी,
(२) त्रुटि सच्याउने दायित्वको अवधि प्रारम्भ हुनु अघि उत्पन्न भएको
कुनै कारणबाट त्रुटि सच्याउने दायित्वको अवधिमा भएको हानी
नोक्सानी ।
(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि निर्माण व्यवसायीले
उपनियम (१) को खण्ड (घ) बमोजिमको वीमाबाट देहायका कारणबाट भएको हानी
नोक्सानी वा क्षतिको लागि दायित्व वहन गर्नु पर्ने छैन ः–
(क) युद्ध, शत्रुता वा आक्रमण,
(ख) विद«ोह, क्रान्ति, बिप्लव वा गृह युद्ध,
(ग) विकिरणको फैलावट, आणविक इन्धनको विकिरण वा आणविक
इन्धनको ज्वलनबाट उत्पन्न आणविक फोहर वा विकिरण युक्त
विषादी विष्फोट वा अन्य हानीकारक तत्वहरुको विष्फोट वा आणविक
संयोजन वा सोको आणविक अंशको प्रदुषण,
(घ) ध्वनिक वा तिव्र ध्वनिक गतिमा उड्ने हवाई जहाज वा हवाई
यन्त्रद्धारा श्रृजित वायुको चाप ।
(३) खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा वाहेक निर्माण कार्य गर्दा
त्यसमा रहेको कुनै त्रुटि सुधार गर्दा भएको वा त्यस्ता कार्यको परिणाम स्वरुप भएको
देहायको हानी नोक्सानी वापतको क्षतिपूर्तिको दावी र त्यस्तो दावी सम्बन्धी कारबाही
गर्दा लागेको खर्च तथा दस्तुर निर्माण व्यवसायीले व्यहोर्नु पर्नेछ ः—
(क) कुनै व्यक्तिलाई चोटपटक लागेमा वा निजको मृत्यु भएमा, वा
(ख) निर्माण कार्यमा वाहेक कार्य सञ्चालन र सम्पन्नको सिलसिलामा कुनै
सम्पत्तिमा भएको हानी नोक्सानी ।
(४) अधिकार प्राप्त अधिकारीको लिखित स्वीकृति बिना वीमाका शर्तमा कुनै
परिवर्तन गर्न सकिने छैन ।